स्वास्थ्य शिविर आयोजनाबारे सूचना

वडा नं. ११ को आयोजना तथा स्थानीय स्वास्थ्य संस्थाको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह जाँच, र महिला स्वास्थ्य परामर्श जस्ता सेवा उपलब्ध हुनेछन्।

सडक मर्मत कार्यक्रम सुरु

वडा नं. ११ भित्रका मुख्य सडक खण्डमा मर्मत कार्य सुरु गरिएको छ।असुविधा भएमा नागरिकलाई अस्थायी वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

वडा सभाको निर्णय

वडा सभाले आगामी आर्थिक वर्षका लागि खानेपानी, सडक मर्मत, र सरसफाइ कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।साथै, शिक्षा क्षेत्रमा छात्रवृत्ति वितरण कार्यक्रम पनि अनुमोदन गरिएको छ।

जन्म–मृत्यु दर्ता सम्बन्धी सूचना

वडा नं. ११ मा जन्म, मृत्यु, विवाह र बसाइँसराइ दर्ता प्रक्रिया अनिवार्य गरिएको छ।नागरिकलाई सो सेवा सहज बनाउन दर्ता सेवा प्रत्येक हप्ता सोमबारदेखि शुक्रबारसम्म बिहान १०:०० देखि दिउँसो ४:०० सम्म सञ्चालन हुनेछ।